धेरै हाकिम फेरिईरहने बूढानीलकण्ठ नगरपालिकामा पुनः प्रमुख प्रशासकिय अधिकृत परिवर्तन हुने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ५७ उपसचिवको सरूवा गरेको थियो। उक्त सरुवामा बूढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत समेत सरुवामा परेका हुन्। अहिलेका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्की कञ्चन रुप नगरपालिका सप्तरी पठाईएका छन्। अब बूढानीलकण्ठमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त समुहका उप-सचिव भुवनेश्वर लामिछाने आउने छन्। 

निर्वाचन आयोगले वैशाख १४ र २० गते स्थानीय निर्वाचन गर्ने भनेर सरकारलाई प्रस्ताव गरेको छ। स्थानीय चुनावको मुखैमा हुने भएको प्रमुख प्रशासकिय अधिकृतको सरुवाले फेरी केही समय नगरपालिकाको सेवा प्रवाह प्रभावित हुने भएको छ। राजेन्द्र कार्की आएको ६ महिनामा नै सरुवा भएपछि फेरी पनि दुख पाउने त जनताले नै हो।