सुर्खेत, कार्तिक ३० गते । मुगुको गमगढी बजारमा आगलागी भएको छ । मुगुको गमगढी बजारमा गए राती आगलागी हुँदा बजारमा रहेका घरहरु जलेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार राति १२ः३० बजे आगो लाग्न सुरु भएको थियो ।

कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले एउटा घर भत्काए पछि अहिले आगो नियन्त्रणमा आएको बताउनुभयो । उहाँले आगो फैलिन नदिनका लागि एउटा घर भत्काउनुपरेको जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट १७ घर र तीन वटा घुम्ती जलेको तथा एउटा घर आगो फैलिन नदिन भत्काइएको छ ।

एउटा घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ । उहाँले आगलागी नियन्त्रण प्रहरी नेपाली सेना, स्थानीयको सहयोगमा लिएको बताउनुभयो । उहाँले आगलागीबाट कति क्षति भएको छ भनेर विवरण संकलन गर्न थालिएको जानकारी दिनुभयो ।

-गोरखापत्र