बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाइरसको २४ घण्टा भित्र हालसम्मकै उच्च संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा प्राप्त विवरण अनुसार ८१ जना नया संक्रमित थपिएको नगरपालिकाको जनस्वास्थ्य शाखाले जनाएको छ। आज थपिएका संक्रमितसँगै नगरपालिकामा ११२८ जनामा कोरोना संक्रमण देखिएको छ। 

आज भेटिएका संक्रमितहरु वडा नं २ बाट एकजना, ३ बाट पाँचजना,४ बाट पाँचजना, ५ बाट तीनजना, ६ बाट दुईजना, ८ बाट २० जना, ९ बाट आठजना, १० बाट १७ जना, ११ बाट दुईजना, १२ बाट १२ जना, १३ बाट छजना रहेका छन्

वडागत विवरणः

वडा नं २ भंगालबाट ३४ वर्षिया एक महिला

वडा नं ३ मुहानपोखरीबाट ३५ वर्षिया एक पुरुष, नारायणस्थानबाट ३९ वर्षिया एक पुरुष, ४१ वर्षिया र १९ वर्षिया दुई महिला, चपली घुम्तिबाट एक महिला,  

वडा नं ४ पासिकोटबाट १२ वर्षिया र ३७ वर्षिया दुई पुरुष, ३२ वर्षिया एक महिला र ९ वर्षिया एक बालिका

वडा नं ५ पञ्चकन्या स्कुल नजिकैबाट ३९ वर्षिया एक महिला र ३५ वर्षिया दुई महिला

वडा नं ६ इटालीटारबाट ५१ वर्षिया एक पुरुष, गणेश चोकबाट ७ वर्षिया एक बालिका

वडा नं ८ भंगालबाट ४५ वर्षिया एक पुरुष, महांकालबाट ३२ वर्षिया एक पुरुष, सुन्दरबस्तीबाट २७ वर्षिया, ४२ वर्षिया, ५१ वर्षिया तीन पुरुष र १९ वर्षिया एक महिला, आदर्श कोलोनीबाट ४८ वर्षिया एक पुरुष, भंगाल /भ्याली पब्लिक स्कुल नजिकैबाट २४ वर्षिया एक पुरुष, स्पेशल चोक निजिकैबाट ३३ वर्षिया, ६२ वर्षिया, ९० वर्षिया तीन महिला र ८ वर्षिया एक बालक, भंगाल/भ्याली पब्लिक स्कुल नजिकैबाट ४० वर्षिया, १० वर्षिया, ३४ वर्षिया, ६० वर्षिया, चारजना पुरुष, ४० वर्षिया, १२ वर्षिया, ५४ वर्षिया, तीन महिला

वडा नं ९ ज्योतिनगरबाट ४८ वर्षिया, १३ वर्षिया दुई महिला, १९ वर्षिया एक पुरुष, न्यु कोलोनी सुकेधाराबाट २९ वर्षिया एक पुरुष, मण्डिकाटारबाट ७ वर्षिया एक बालिक, १३ वर्षिया, ३१ वर्षिया दुई महिला, न्यु कोलोनीबाट २३ वर्षिया एक पुरुष

वडा नं १० पञ्चकन्या चोकबाट १४ वर्षिया एक महिला, कपनबाट ३५ वर्षिया एक महिला र ४० वर्षिया एक पुरुष, वडा कार्यालय नजिकैबाट ४३ वर्षिया एक महिला, १९ वर्षिया, ४६ वर्षिया, १४ वर्षिया तीन पुरुष, एकताबस्तीबाट ३३ वर्षिया एक महिला, शिव मन्दिरबाट २४ वर्षिया एक पुरुष, राममन्दिरबाट ५४ वर्षिया एक पुरुष, आकाशेधाराबाट ५० वर्षिया एक महिला, मिलनचोकबाट ३४ वर्षिया एक पुरुष, एकताबस्तीबाट २६ वर्षिया एक पुरुष, पञ्चकुमारी मन्दिरबाट ५० वर्षिया एक पुरुष, कपनबाट ३० वर्षिया एक पुरुष र १६ वर्षिया एक महिला, मितेरी पुलबाट २७ वर्षिया एक पुरुष, 

वडा नं ११ कपनबाट २० वर्षिया एक पुरुष, जगडोलबाट २३ वर्षिया एक महिला

वडा नं १२ फैका चोकबाट २४ वर्षिया एक महिला र ३३ वर्षिया एक पुरुष, गुम्बा नजिकैबाट ४४ वर्षिया एक महिला, सिमलटारबाट ५ वर्षिया एक बालिका, ३७ वर्षिया एक पुरुष, खरिबोटबाट ४८ वर्षिया एक पुरुष, दुलाल चोकबाट ४६ वर्षिया एक पुरुष, सिमलटारबाट ३२ वर्षिया एक पुरुष, कपनबाट २९ वर्षिया एक पुरुष, ४७ वर्षिया एक महिला, दुर्गामन्दिरबाट ३८ वर्षिया एक महिला, ३३ वर्षिया एक पुरुष

वडा नं १३ टुसाल/चुनिखेलबाट ४३ वर्षिया एक महिला, ३३ वर्षिया एक पुरुष, कौडोलबाट २४ वर्षिया एक पुरुष र ४२ वर्षिया एक महिला, गाम्चाबाट ३८ वर्षिया एक महिला, ३३ वर्षिया एक पुरुष

मिति २०७७ असोज २८ गते बूढानीलकण्ठ नगरपालिकाको मुख्य प्रशासनिक भवन परिसर र वडा नं १० ह्याण्डबल ग्राउण्डमा गरि क्रमश २८३ र ४१० गरि कुल ६९३ जना नजिकका सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षणका लागि पठाइएको छ। 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या शुन्य रहेको छ। हालसम्म कोरोनाबाट निको हुनेको कुल संख्या भने ६७१ पुगेको छ। यसरी नगरपालिकामा सक्रिय संक्रमित संख्या ४५१ रहेका छन जसमध्ये २०० महिला र २५१ पुरुष रहेका छन्  सक्रिय मध्येका ४०२ जना सेल्फ होम आइसोलेसनमा रहेका छन् भने बाँकी ४९ जना विभिन्न अस्पतालहरुमा उपचाररत रहेका छन्।