पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको रामग्राम १८ मा रहेको ऐतिहासिक तथा पुरातात्विक स्थल पण्डितपुरमा गरिएको उत्खननको क्रममा बुद्धकालीन शहरको रचना भेटिएको छ

। यसअघि गरिएका अध्ययनलाई पुष्टि गर्ने गरी बुद्धकालीनशहरको संरचना सहित विभिन्न सामाग्री पनि भेटिएका छन्। कोलीय गणराज्यको महत्वपूर्ण शहर मानिएको पण्डितपुरमा पुरातत्व विभागले तिन हप्ता सम्म गरेको उत्खननले महत्वपूर्णप्रमाण भेटिएका हुन्।

 यसअघि भएको जियोफिजिक्स सर्भे (भु–भौतिक अध्ययन) का क्रममा देखिएको बुद्धकालीन शहरको संरचना उत्खननकोक्रममा फेला परेको ५। पुरातत्व विभाग र त्रिभुवन विश्वविद्यालयको अध्ययन टोलीले चार स्थानमा गरेको उत्खननको क्रममा पर्खालको संरचना सहित जनावरका मुर्ति,गरगहना लगायतका पुरातात्वि समाग्री फेला परेको पुरातत्त्वविद् भाष्कर ज्ञवालीले जानकारी दिनुभयो। 

 सामाग्रीको थप अध्ययन गरेर धेरै कुरा थाहा हुने उहाँको भनाई छ। पण्डितपुरमा उत्खनन टोलीले एकठाँउमा तिन मिटर गहिरो खाडल खनेर सो यदिेत्रको प्राचिनसांस्कृतीकअवस्थाको विषयमा पनिरअध्कयय े ५। वुद्धकालदेखिमुस्लिम बसोबास अवधि सम्मको विविधता पण्डितपुरमा भेटिएको ज्ञवालीले बताउनुभयो।