काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले निजी तथा सार्वजनिक यातायातका साधनमा शुक्रबार रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली लागू हुने भएकाे छ ।

जोरबिजोर प्रणाली कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि लागू हुने जनाइएको छ । त्यसैगिर डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन पनि गरिएको छ ।