बूढानीलकण्ठ नगरपालिका वडा नं २ का विभिन्न टोल तथा बस्तीहरुमा अवैध रुपमा पानीको बोरिङ्ग खनिएको बारे वडा कार्यालयले सूचना सहित सबैको ध्यानाकर्षण गराएका छन्।

नगरपालिका तथा वडा कार्यालयबाट आधिकारिक रुपमा अनुमती नलिई व्यक्तिगत तथा संस्थागत प्रयोजनका लागि बोरिङ्ग खनिएको पाइएको हुँदा अनुमति नलिई त्यस किसिमका कार्य नगर्न वडा कार्यालयले अनुरोध गरेको छ। 

अनुमती बिना बोरिङ्ग खनेको भेटिएको खण्डमा सम्पूर्ण सामान जफत गरि कानुन बमोजिम कारवाही गरिने वडा कार्यालयले सूचना मार्फत जानकारी गरेको छ।