पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८४ जनाको पीसीआर र एन्टिजेन विधिबाट परिक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो । 

२२९ पीसीआर गर्दा नौ जना र ८५५ एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

२४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सोही समय कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५५२ रहेको छ ।