म एक्लो  हुदा सोच्ने गर्छु,

यी समाजले  बनाएका  कैयौं  बन्देजका बारेमा,

छोरा या छोरी हरेकको नाममा लगाइएको प्रतिबन्धित घोषणाका बारेमा!

 

जन्मजात लिङ्गको आधारमा गरिएको  भेदभावको बारेमा, 

छोरा हौ रुनु हुँदैन देखि छोरी हौ दात देखाएर हास्न हुँदैन सम्म

समाजमा आज नि चल्दै आएको रुढीबादी सोचको बारेमा!

 

देशको मुल कानुनमा समानताको हक व्यवस्था भएपनि !

संगोलको संयुक्त छतभित्र नै आज पनि भेट्ने भेदभावको कहानी, 

बिहे हो दाइजो त चाहिन्छ छर-छिमेकलाई देखाउन भएपनी, या तिम्रो हैसियत प्रमाणित गर्न भएनी,

फलानोले दुलहीलाई बिहेमा कति सुन दिएछ?! भन्दै कानुनको विपरीत यी रितिरिवाज आज सम्म पनि किन हो सबले प्रथमिकतामा संरक्षण गर्दै अगाडि सारिदिने!

 

कानुन अन्धो हुन्छ भन्दै गर्दा यी कुरीति पनि नहेरिदिने,

समाज कानुनलाई चुनौती दिदै कहिले सम्म हो हामीले शासक र समाजलाई मात्र दोष दिने!

वर्गीय भेदभावलाई बढुवा दिने यो कू-संस्कृतिलाई कहिले सम्म  समाजमा परम्पराको  नाममा निरन्तरता दिने!

 

हिजो चुलोमा नि उ नै थिइन दल्लिने 

आज अफिस, घर, सन्तान  र परिवारमा पनि छिन उनी उतिनै उच्च नि!

यो भन्दै  गर्दा देखियो उनको दोहोरो जिम्मेवारी

अझ यो पितृसत्तात्मक समाजले उनलाई  कामचोरनै मात्र देखिदिने!

 

हिजोको छोरी, बुहारी आज सासु भएरे,

खोइ आफूले भोगेको किन हो विरासतमा नदि नहुने जस्तो गरे रे !

बुहारीले जति गरे पनि घरमै रमाईदियोस् ,

अनि नातिनातिना मै जीवन काटेर घर समालिदियोस्!

 

उनको जिवनलाई आज सम्म पनि नियन्त्रणको घेरामा राख्ने,

समानताको कुरा गर्ने समाजले आजसम्म पनि परिवारको नामको जिम्मा महिलामा छ भन्दै उनको दैनिकी घेरामा  चलाउने, 

उनको पाइलामा आमाबाबु, सासु,ससुरा र पतिको अनुमतिको प्रमाणपत्र आज नि उनको चरित्र प्रमाणपत्रको रुपमा समाजमा बिक्ने!

 

खोइ परिवर्तनको उज्यालो खोज्दै हिड्ने हामीलाई 

आफू भित्रको अन्धकारको चेतनाको कमिले कहिलेसम्म हो यसरी पिरोलिदिने,

 

समय सन्दर्भ भएर खोइ कहिले हो परिवर्तनलाई आत्मसात  गरिदिने,

समाज र शासनको परिवर्तनको लागि खोइ कहिले हो हामी  एक निमित्त भनी दिने !

 

सविना बुढाथोकी 

बु.न.पा.११, कपन