कालिका नगरपालिकाको मतगणना सुरू गरेपछि रवि लामिछानेले कांग्रेस र एमालेका दुवै उमेदवारलाई पछि पारेका छन्। पछिल्लो जानकारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वसञ्चारकर्मी लामिछानेले चार हजार सात मत पाएर पहिलो स्थानमा उक्लिएका छन्।

इच्छाकामनाको गणना हुँदासम्म पहिलो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलले तीन हजार ८७९ मत ल्याउँदै दोस्रो स्थानमा झरेका छन्। गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले तीन हजार ४१० मत ल्याएका छन्।