बूढानओलकण्ठ नगरपालिका वडा नं ४ मा नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको छ। वडाअध्यक्ष पदमा ४६८ मतले विजयी भइ निर्वाचित भएका हुन् । वडा नं ४ सम्म आइपुग्दा नगर प्रमुख र उपप्रमुखको नतिजामा समेत भिन्नता देखिएको छ। 

हालसम्म नगर-प्रमुख र उप-प्रमुखमा अग्रता लिइरहेको नेकपा (एमाले) का उम्मेदवाहरु हाल दोस्रो स्थानमा पुगेका छन्। हाल पहिलो स्थानमा नेपाली कांग्रेसका बिनोद चालिसेको मत २८७७ र रमिला वाग्लेको मत ३२२१ रहेको छ।  

वडा नं ४ मा नेपाली कांग्रेसले शुरुवात देखिनै विजयी मत प्राप्त गरेका सो दलका सबै उम्मेदवारहरु निर्वाचित भएका छन् । 

नेपाली कांग्रेसका श्रीराम के.सीको मत १२४५ र नेकपा (एमाले) का तर्फका उम्मेदवाार राजेन्द्र खड्काले पछ्याउँदै ८०१ मतले दोस्रो भएका हुन्। 

त्यस्तै महिला सदस्यमा ११९७, दलित महिला सदस्यको १२२३ मत, खुला सदस्यमा ११८५ र १२२४ मतले निर्वाचित भएको घोषणा आयोगले गरेको हो। 

यता नेकपा (एमाले) का सदस्यहरुमा महिलामा ८१०, दलित महिलामा ७४९, खुला सदस्यमा ६८४ र ७२८ मतले दोस्रो स्थानमा रहेका छन्। 

पछिल्लो स्थानिय तहको निर्वाचनमा समेत नेपाली कांग्रेसकै सम्पूर्ण प्यानलले जीत हासिल गरि पाँच वर्षको कार्यकाल पूरा गरेका थिए ।