बूढानीलकण्ठ नगरपालिका वडा नं २ मा रहेको ऐतिहासिक नारायण डाँडामा सप्त अहोरात्रिय नारायण महायज्ञ आयोजना हुने भएको छ। जेठ १७ गते बूढानीलकण्ठ मन्दिर परिसरबाट धर्मस्तभ सहित शोभायात्रा सुरु भई जेठ २४ गते सम्म महायज्ञ चल्नेछ। सबै पक्ष बाट वेवास्ता भएको नारायण डाँडामा ‘नारायण पाञ्चायन मन्दिर निर्माण तथा व्यवस्थापन समिति’ निर्माण गरी स्थानीयले संरक्षणको पहल सुरु गरेका हुन्।

नारायण डाँडाको संरक्षण र प्रवर्द्धनको लागी यज्ञ सञ्चालन गर्न लागेको आयोजक समितिका सदस्यले बिएसजी न्युज लाई बताए। वडा नं २ को पुर्वि भागमा रहेको नारायण डाँडा बारे कतिपय वडा वासि र नगरवासी लाई समेत जानकारी छैन। यसको प्रचार प्रसार र संरक्षण गर्न यस यज्ञले पक्कै पनि भुमिका खेल्ने विश्वास आयोजकले लिएको छ।

जेठ १७ गते बाट चल्ने यज्ञको लागी सम्पुर्ण तयारी पुरा भएको आयोजकले बिएसजि न्युजलाई बताएको छ।