प्रदेश सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ ख को लागी एमालेका उम्मेदवार जयराम थापाको पक्षमा माहोल बन्दै गएको छ। वडा नं ११ को घरदैलोमा १०३ वर्षिय वयो वृद्धाको हात बाट विजयको आशिर्वाद लिदैँ गर्दा उनिमा जित प्रति आत्मविश्वास झल्किएको थियो। वडा नं ११ को घरदैलोमा उत्साहजनक माहोल पाईएको घरदैलोमा सहभागी एक कार्यकर्ताले भने।

स्थानीय स्तरमा जयराम थापा प्रति मतदाताको आकर्षण पनि देखिएको छ। नयाँ व्यक्तिलाई चुन्न आतुर मतदाताले ४९ साल देखी निरन्तर अवसर पाईरहेका कुसुम कार्की भन्दा नयाँ उम्मेदवार जयराम थापालाई रोज्न सक्ने सम्भावना देखिएको छ। नेपाली काङ्ग्रेसको उम्मेदवार नभएको लाभ समेत जयराम थापाले पाउने आकलन स्वयं काङ्ग्रेसकै कार्यकर्ताहरु बताउँछन्।

प्रचार पनि व्यवस्थित

आफ्ना प्रतिश्पर्धी कुसुम कार्की भन्दा जयराम थापाको प्रचार पनि निकै व्यवस्थित देखिएको छ। आफ्नै घरमा समेत छुट्टै सचिवालय बनाएर जयराम थापाले काम गरीरहेका छन्। पार्टीको संयन्त्रले गर्ने प्रचार त छँदैछ। बलियो संगठन र स्थानीय चुनावमा एमालेले ल्याएको मतको आधारमा सुविधाजनक विजय प्राप्त गर्न सक्ने सम्भावना बढ्दै गएको छ।