पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

इस्लामावादको एक स्थानीय अदालतका महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको थियो । आफ्ना एक सहयोगीलाई गैरकानूनी तरिकाले पक्राउ गरी कारबाही गरिएको प्रति खानले सार्वजनिक कार्यक्रम मार्फत् आक्रोश पोख्नु भएको थियो ।

सोही मुद्दामा उहाँ विरुद्ध प्रतिआतङ्कवाद कानुन अन्तर्गत् पक्राउ गर्न माग गर्दै उजुरी गरिएको थियो ।