मध्य क्यानडाको सस्काचेवन प्रान्तमा जथाभावी छुरा प्रहार सर्वसाधारण मानिसहरूलाई जथाभावी आक्रमण गरिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ।

पीडितहरू जेम्स स्मिथ क्री नेशन र नजिकैको वेल्डनसहित विभिन्न १३ स्थानमा फेला परेका थिए।

उक्त घटनामा सन्दिग्धका रूपमा पहिचान गरिएका दुई जना अझै फरार छन्। प्रहरीले उनीहरूलाई पक्रिन कारबाही तीव्र बनाएको छ। 

प्रहरीले ३१ वर्षीय डेमियन स्यान्डर्सन र ३० वर्षीय माइल्स स्यान्डर्सनसँग हतियार भएको र उनीहरूलाई खतरनाक मानिएको जनाएको छ। 

प्रान्तभरि उनीहरूको व्यापक खोजी भइरहेकाले सर्वसाधारण मानिसलाई घरभित्र बस्न भनिएको छ।

सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई तपाईँको निवासमा प्रवेश गराउँदा सावधानी अपनाउनुहोस्," रोयल क्यानेडियन माउन्टिड पोलिस (आरसीएमपी) सस्काचेवनले ट्वीट गरेको छ।

त्यहाँ सुरक्षाजाँच गर्ने नाकाहरू स्थापना गरिएको छ। प्रहरीले यात्रुहरूको पहिचान जाँच गरिरहेका छन् र आरसीएमपी सस्काचेवनले चालकहरूलाई पदयात्रुलाई आफ्नो गाडीमा चढ्न नदिन आग्रह गरेको छ।

प्रहरीलाई घटनाबारे पहिलो आपत्कालीन जानकारी फोनमार्फत् आइतवार स्थानीय समयानुसार ०५:४० मा वेल्डनबाट २८० किलोमिटर दक्षिणमा रहेको प्रान्तीय राजधानी रेजाइनामा प्राप्त भएको उनले बताइन्।

त्यसपछि सहायताका निम्ति एकपछि अर्को गर्दै थुप्रै फोनबाट धेरै पटक सूचना आयो र "घटनाक्रम द्रुत गतिमा" विकसित भयो।

सन्दिग्धहरू अन्तिम पटक आइतवार दिउँसो रेजाइनामा देखिएको हुनसक्ने केही स्थानीयवासीले बताएका छन्।

उनीहरू कालो निसान रग गाडीमा हुन सक्छन्," ब्ल्याक्मोरले ती पुरुषहरूलाई देख्ने जो कोहीलाई उनीहरूबाट टाढा बस्न चेतावनी दिएकी छन्।

"उनीहरूलाई सशस्त्र र खतरनाक मानिन्छ। यदि तपाईँले सन्दिग्ध व्यक्ति वा उनीहरूको गाडी देख्नुभयो भने नजिक नजानुहोस्। तत्काल त्यस क्षेत्र छोड्नुहोस् र ९११ मा सम्पर्क गर्नुहोस्।"

अहिलेसम्म उनीहरू रहेको "स्थान र उनीहरू कता जाँदै छन् भन्ने कुरा अज्ञात" भएको उनले बताइन्। "त्यसैले प्रान्तमा हामी सबै जना सतर्क रहनु आवश्यक छ।"

वेल्डन निवासी एक महिलाले आफ्ना छिमेकीको पनि छुरा प्रहार भएका कारण मृत्यु भएको ग्लोब एन्ड मेल पत्रिकालाई बताएकी छन्। 

उनका अनुसार ती व्यक्त उनका नातिसँग बस्थे। अर्का व्यक्तिले मृतक ७० वर्षमाथिका विधुर भएको जनाएका छन्। 

"उनी कसैलाई पनि कुनै दुःख दिँदैन थिए," रोबर्ट रश नाम गरिएका ती छिमेकीलाई पत्रिकाले उद्धृत गरेको छ।