मान्छे र कोरोना बिचको द्वन्द्व यहा, चलेको चलै छ 
औषधि पानीले निभाउन नसक्ने आगो,बलेको बलै छ

भन्दै गर्दा जान्नी भएछ भनेर कसैले, नभनी दिनु है 
बाचे सन्सार देखिएला यि अर्ति उपदेश,सरि लिनु है 

बढ्दो छ भिडभाड जताततै मानिसको छ हुल 
जिन्दगिमा यो जत्तिको अरु कुनै नहोला हाम्रो भुल

आज केहि छैन हुदैन केहि भन्दै नगरौ है जिद्दी 
लागी हाल्यो भने भगवानले पनि गर्न सक्दैनन सिद्दी

नजिक नजिक आको छ कोरोना भाइरसको महामारी
सामाजिक दुरिको ख्याल गरि बसौ सबै बनौ सदाचारी 

मिची मिची साबुन पानीले पटक पटक हात धोउ है 
दैनिकी रुपमा नुहाई धुवाई मुखमा मास्क पनि लगाउ है

आत्म शक्त्ती बढाई योग व्यायाम गरि निरासालाई हटाउ
घरी घरी घर बाहिर जाने बानीलाई क्रमश सबैले घटाउ 

सकारात्मक सोच सृजनशिल कार्यले रोग सङ्ग लड्न सक्दछ
यस्ता उपाय मा भुल गर्यौं भने यो महामारी बढ्न सक्दछ 

मान्छे जन्मे पछि भन्दछन मृत्युु आ आफ्नो भाग भोग हो 
प्रकृति को रिति नै मास्ने गरि आएको कोभिड १९ रोग हो 

संसार जिते पनि प्राणिहरुको मृत्यु प्रती नै सबैको डर छ 
कसैको विस्वास रहेन अब मात्र भगुवान प्रती सबको भर छ
 

नविन के.सी

बूढानीलकण्ठ नगरपालिका  वडा ६, वडा अध्यक्ष