बूढानीलकण्ठ नगरपालिका वडा नं २ को मत परिणाम अनुसार वडा अध्यक्षमा नेकपा (एमाले) र बाँकी चार सदस्यमा नेपाली कांग्रेसको अग्रसरता रहेको छ। 

आज मिति २०७९ बैशाख ३१ गते बेलुका वडा नं २ को नतिजा प्राप्त भए अनुसार सबै मतको तुलनात्मक रुपमा नेपाली कांग्रेसका तर्फबाट खुल सदस्यमा रहेका बिनोद लामिछानेले वडा अध्यक्षको कुल मतलाई उछिनेका छन्। वडा अध्यक्षमा निर्वाचित नेकपा (एमाले) का राजेन्द्र श्रेष्ठले कुल ११६० मत प्राप्त गरि विजयी भएका थिए भने सो संख्या भन्दा २३ मतले लामिछाने अगाडी रहेका छन्। लामिछानेको कूल मत ११८३ रहेको छ। 

त्यस्पश्चात् नेपाली कां्गरेसकै तर्फबाट महिला सदस्यमा ११२५, दलित महिला सदस्यको १११० र खुला सदस्यको १०९७ मतले अघि रहि चारै जना उम्मेदवार वडा २ मा सफलता प्राप्त गरि निर्वाचित भएका हुन्।