मोरङ, २०७९ असार १९ गते । 

मोरङको रंगेली नगरपालिका-१ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादका कारण ३१ बर्षीया श्रीमती बबिता मल्लिकको शरिरमा मट्टीतेल छर्की आगो लगाई गम्भिर घाईते बनाई फरार भएका थिए ।  शरिर जली गम्भिर घाईते भएकि बबिताको  कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो ।  
श्रीमतीलाई आगो लगाई फरार भएका मल्लिकलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरि रहेको छ ।