बुढानीलकण्ठ नगरपालिकामा २०८१ बैशाख १ गते देखि ०७ गते सम्म जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटनाहरू दर्ता सम्बन्धी शिविर संचालन हुन लागेको छ ।  

राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागबाट देशव्यापी रुपमा संचालन हुने व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता अनलाइन दर्ताका लागि बुढानीलकण्ठ नगरपालिकाको पञ्जीकरण शाखाबाट वडाहरुको विभिन्न स्थानमा दर्ता शिविर संचालन हुन गैरहेको हुनाले व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा दर्ता गराउनुहुन नगरपालिकाले अनुरोध गरेको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा १८ ले यस्ता घटना घटेको ३५ दिनभित्र स्थानीय पञ्जिकाधिकारी (वडा कार्यालय) र विदेशमा भए कूटनीतिक नियोगमार्फत घटना दर्ता गराउनुपर्ने कानुनी व्यवस्था पनि रहेकाे छ ।

 

नगरपालिकाका सबै वडाको टोल-टोलमा बैशाख १ दे खि ०७ गते सम्म सिविर संचालन हुने हुँदा आ-आफ्नो नजिकको स्थानको दर्ता शिविरमा गई व्यक्तिगत घटना दर्ता (जन्म दर्ता, नागरिक प्रमाण पत्र, मृत्यु दर्ता, बिवाह दर्ता, सम्बन्ध बिच्छेद) तथा सामाजिक सुरक्षा भत्ताको दर्ता गराई मौकाको फाइदा लिनुहुन सम्पूर्ण नगरवासीहरुलाई नगर प्रमुख मिठाराम अधिकारीले अनुरोध गर्नुभएको छ ।