कपिलवस्तुको शिवराज नगरपालिकामा ब्राउन सुगरसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ । 

शिवराज नगरपालिका–२ हल्लानगर बस्ने २३ वर्षीया अस्मिता बोहोराको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार राति करिब १० बजे घरमा खानतलासी गरेको थियो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट प्रहरी सहायक निरीक्षक जयबहादुर घर्तीको कमाण्डमा खटिएको पाँच सदस्यीय टोलीले घर खानतलासी गर्दा कोठाको दराजमाथि राखिएको कालो रङको ब्यागभित्र ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी रिपेन्द्र कुमार सिंहले बताउनु भयो । 

प्रहरीका अनुसार बरामद भएको ब्राउन सुगरको तौल ९ ग्राम २४० मिलिग्राम रहेको छ । सोही स्थानबाट लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल तौल मेसिनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।