बूढानीलकण्ठ नगरपालिका वडा नं. ६ को आयोजनामा यहि २०७६ सालको विजया दशमी, दिपावली, छठ पर्व, भिन्तुना लगायतका महान् चाडपर्वको अवसर पारि सोहि वडाभित्र रहेका सांस्कृतिक, धार्मिक, भौगोलिक, एवं ऐतिहासिक सम्पदाहरुको विभितताको अवलोकन सन्देश मुलक प्रभातकालिन पदयात्राका साथसाथै महान् चाडहरुको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

यसै क्षेत्रका माननिय सांसद दिपक निरौलाको प्रमुख अतिथ्य तथा संलग्नता रहेको कार्यक्रममा नगरप्रमुख उद्धव प्रसाद खरेल, प्रहरी भुुपेन्द्र गिरी, नेकपा प्रदिप डंगोल, राजनीतिक दलकाा नेताहरु, विभिन्न विद्यालयका प्रधानाध्याप, विद्यार्थीहरु, युवा क्लबका सदस्यहरु, महिलाहरु लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।      

'हाम्रो वडा हाम्रो पहिचान, आदर, सत्कार र सम्मान' को मूल नाराका साथ आयोजना गरिएको कार्यक्रम बिहान करिव ७ बजेदेखि सुरु गरिएको पदयात्रा सोहि वडामा रहेको न्यूभिजन खड्का गाउँबाट सुरु गरिएको थियो। पदयात्राको मार्ग नयूभिजन, धरमपुर, भद्रकाली दुधडेरी च्यासिँडोल, प्रगति सामुदायिक वन खत्रिगाउँ, ओखलगाउँ, पासिकोट, इटालीटार, गणेश चोक, टनगाउँ हुँदै भद्रकाली मन्दिरमा उक्त पदयात्रा समापन गरिएको थियो। 

भावी पुस्ता तथा युवाहरुबीच वडाभित्र रहेका धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक लगायतको स्थानहरुको बारेेमा पहिचान यसको महत्वहरुको विषयमा केन्द्रित रहेर कार्यक्रममा करिव डेढ सय बढिको उल्लेख्य उपस्थिति रहेको थियो। 

शुभकामना आदानप्रदानका साथमा नौलो किसिमको सन्देशमुलक उक्त कार्यक्रममा उपस्थितहरुलाई बूनपा भित्रै रहेको निकैनै महत्वपूर्ण तथा ऐतिहासिक स्थल धर्ममपूरको बारेमा समेत जानकारी हांसिल गर्ने अवसर प्राप्त भएको थियो। 

साथै उपस्थित सबैमा विभिन्न किसिमका सन्देशमुलक र जागरणका विषयहरु जसमा आफ्नो वडा तथा आफ्नो ठाउँ  आफैं सफा राख्न, प्राकृतिक, धार्मिक लगायत मका स्थानहरुको संरक्षण, जेष्ठ नागरिकहरुको आदर तथा सम्मान गरिनुपर्ने र साथमा सबै समुदायहरुबिच सद्भाव कायम गर्नुपर्ने लगाायतका सन्देशहरूको पनि आदानप्रदान गरिएको थियो । आज गरिएको उक्त नयाँ तथा सन्देशमुलक पदयात्राको अन्तिममा सोहि वडाका जेष्ठ नागरिकको हातबाट टिका ग्रहण गर्ने समेत अवसर प्राप्त भएको थियो। 

शुभकामना आदानप्रदान गर्ने नयाँ र निकैनै महत्वपूर्ण तथा सन्देशमुलक कार्यक्रमको आयोजना गरिएको भएतापनि कार्यक्रम व्यवस्थापनमा भने अझैं ध्यान दिनुपर्ने आवश्यकता देखिएको थियो।