काठमाडौं, माघ ९ गते । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र तीन हजार ८ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार काठमाडौंमा २८ सय ६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ गरेर ३८ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ हजार ३७७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ५९८ र चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको छ ।

सहप्रवक्ता अधिकारीका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा एक हजार४१६ जना डिस्चार्ज हुँदा चार जनाको आइतबार मृत्यु भएको छ ।