दाता तथा समाजसेविले विद्यार्थीको अभिभावकत्व लिने

सार्वजनिक विद्यालयको लागी सरकारले पर्याप्त मात्रामा खर्च जुटाउन नसक्दा विद्यालयनै अलपत्र पर्ने गरेको यथार्थ पनि छ। यसै सन्दर्भमा बूढानीलकण्ठ नगरपालिका वडा नं ४ मा रहेको श्री मदन आश्रित आदर्श आधारभुत विद्यालयको टिमले विद्यार्थीको अभिभावकत्व लिएकाहरुलाई सम्मान गर्नको लागी सम्मान कार्यक्रम गर्न लागेको छ।

एउटा विद्यार्थीलाई वर्षभरी लाग्ने शैक्षिक खर्च बराबर १० हजार रकम प्रदान गर्दा अभिभावकत्व लिन पाईन्छ। यसको लागी विद्यालयले तयारी पनि सुरु गरिसकेको जानकारी प्रधानाध्यापक राजाराम भण्डारीले बताउनु भएको छ। मंसिर २९ गते बिहान ११ बजे एक समारोहको आयोजना गर्दै विद्यालय नयाँ चरणमा प्रवेश गर्ने पनि विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल, वरिष्ठ कलाकार हरिवंश आचार्य लगायतको सहभागिता रहनेछ।

वरिष्ठ कलाकार हरिवशं आचार्यले समेत २ जना विद्यार्थीको अभिभावकत्व लिने जानकारी प्रअ राजाराम भण्डारीले बिएसजी न्युजलाई बताउनु भयो। सो अवसरमा यस पल्ट सबै विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता, एक दर्जन कापी, ब्याग सहित सहयोग हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ।

मंसिर २९ गतेको कार्यक्रम विद्यालयको वार्षिकोत्सव पनि भएको र उक्त दिन सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिने छ।