काठमाडौँ, असोज १ गते । त्रिभुवन विश्वविद्यालयले आगामी असोज १ गतेबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्रिविले सम्बद्ध क्याम्पस, विभाग र स्कुलहरूमा विद्यार्थीहरूको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी स्थानीय निकायसँग समन्वय गरेर जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै कक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ । कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषद्ले भदौ २७ गते निर्णय गरेको थियो ।

त्रिविले जारी गरेको सूचनामा स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहने गरी कक्षा सञ्चालन गरिने स्पष्ट गरिएको छ ।