काठमाडौं ,माघ २१ गते । बिगतमा कोरोना संक्रमण बढेपछि बन्द भएका विद्यालयहरू सङ्क्रमण घट्न थाले पछि पुन प्रत्यक्ष रूपमा सञ्चालन गर्नेबारेमा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार विद्यालय सञ्चालनबारे छलफल भएको हो । 
बैठकमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन लगायतका पदाधिकारी सहभागी रहनुभएको थियो ।
बैठकमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने ठाउँमा फागुन १ गतेदेखि विद्यालय खोल्न पाउनुपर्ने माग उठेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसको जिम्मा डिसिएमसी र स्थानीय तहलाई दिनुपर्ने लगायत विषयमा पनि छलफल भएको थियो । यसको थप निर्णय भने सिसिएमसीसीको बैठकले लिने शर्माले बताउनुभयो ।
आगामी आइतबार सिसिएमसीसी बैठक बस्ने छ ।