घरको आँगनभन्दा बाहिर निस्किन नपाएको राजन राउतलाई ३५ दिन भयो । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण स्थानीय प्रशासनले पूरै गाउँ सिल गरेपछि चारैतिर सुरक्षाकर्मी छन् । आफ्नै सुरक्षाका लागि भए पनि बन्दाबन्दी अब कठिन हुुँदै गएको उहाँ बताउनुहुन्छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्के गाउँका ५० वर्षीय राउतले यसरी कँुजिएर घरभित्रै बस्नु निकै ठूलो सास्ती खेप्नु जस्तै भएको छ भन्नुभयो । नेपालमा पहिलोपल्ट २४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुष्टि भएको भुल्के गाउँको जनजीवन बिस्तारै खुुकुलो हुने विश्वास पलाएको स्थानीयवासीको भनाइ छ । उहाँले अब परीक्षण नतिजाको प्रतीक्षा छ भन्नुभयो ।

गत वैशाख ५ गते यहाँको नुरी मस्जिदमा बस्दै आएका १२ मुस्लिम धर्म प्रचारक (जमाती) मा कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि स्थानीय प्रशासनले पूरै गाउँ सिल ग¥यो । सङ्क्रमण फैलिन नदिन कडा सुरक्षा घेरामा स्थानीयवासीलाई आ–आफ्नै घरआँगनमा मात्र सीमित राखेको छ । बन्दाबन्दीको कडाइका साथ परिपालना गरिएको छ ।

स्थानीयवासी गत चैत ११ गतेबाट गरिएको बन्दाबन्दीबाट घरभित्रै उकुसमुकुस भएर बसिरहेका थिए । बन्दाबन्दीको प्रभावकारी परिपालना सुरुका दिनमा नदेखिएको स्थानीयवासीको भनाइ छ । एकाएक आफ्नै टोलमा ठूलो सङ्ख्यामा कोरोना पोजेटिभ देखिएपछि भने भुुल्के त्रस्त भयो । कोरोनाबाट ज्यानै पो जान्छ कि भन्ने आशङ्का उत्पन्न भयो । स्थानीयवासी चक्रपाणि पोखरेल अब बाँचिँदैन कि जस्तो हुन थालेको थियो भन्नुहुुन्छ । विभिन्न अडकलबाजी गर्नेले चिन्ता अझ बढेको भन्दै पोखरेल सामाजिक सञ्जालमा त भुुुल्के बम नै भयो तर अब बिस्तारै कुरा बुुझ्न थालियो । आफँै सचेत हुनुुपर्ने रहेछ भन्ने चेत आएको छ । अब त कोरोनाभन्दा खेतीपातीको चिन्ता लागेको छ भन्नुहुुन्छ ।

स्थानीय अनिश मियाँले कतिपयले जात र धर्म जोडेर गाउँमा कोरोना भित्र्यायो भन्ने प्रचार गरेका र त्यसबाट आपूmहरू झनै चिन्तित बनेकोमा अहिले त्यस्तो स्थिति छैन । सामाजिक सद्भाव खलबलिन नदिन सबै पक्षको उचित सहयोग भएकाले भुल्केको सामाजिक जीवन क्रमशः सामान्य हुँदै गएको छ भन्नुभयो । तरकारी उत्पादन गर्दै आउनुभएका भुल्केका किसान ढोढाई मियाँले सुरुमा त हामीले उत्पादन गरेको तरकारी, दूध बिक्री हुन पाएन । किनबेच नै ठप्प भयो । नजिकमा देख्दा र फोन गर्दासमेत सङ्क्रमित क्षेत्रको भनेर कोही पनि बोल्न चाहँदैनथे तर अहिले त्यो स्थिति छैन । स्थानीय जनजीवन सामान्य हुँदै गएको छ भन्नुभयो ।

स्थानीय प्रशासनका अनुुसार सिङ्गो भुल्के क्षेत्रमा थप सङ्क्रमण फैलिन नदिन अहिले पनि चौबीसै घण्टा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयवासीको सहयोगले कोरोना सङ्क्रमण पनि क्रमशः नियन्त्रणमा आइरहेको जिल्ला प्रशासन कार्यालयको दाबी छ।
प्रमुुख जिल्ला अधिकारी दीपककुमार पहाडीले सङ्क्रमण नियन्त्रणमा आइरहेको छ तर पनि अब केही दिनमा त्यस क्षेत्रका करिब पाँच सय जनामा तेस्रो पटकको पीसीआर परीक्षण गर्ने योजना छ । सो परीक्षणको पनि नतिजा नेगेटिभ आएमा मात्रै भुल्के गाउँलाई सिलमुक्त गरिनेछ । त्यसपछि भुल्केबाट सुरक्षा घेरा हटाउन सकिनेछ भन्नुभयो ।

सङ्क्रमित क्षेत्र नेपाली सेनाको १८ नं. बाहिनी अड्डा नजिकै करिब पाँच सय मिटरको दूरीमा छ । आउजाउका हिसाबले नजिकको बस्ती रहेकाले त्यहाँको सैनिक अड्डासमेत उच्च जोखिममा रहेको कतिपयको भनाइ थियो । अहिले त्यस्तो कुनै आशङ्का छैन र समग्र भुल्के क्षेत्र अब सुरक्षित बन्दैछ । जनजीवन पहिलेकै जस्तो सामान्य अवस्थामा फर्किरहेको सेनाका बाहिनीपति कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
स्थानीयवासीको भनाइमा प्रशासन, त्रियुगा नगरपालिका, राजनीतिक दल तथा विभिन्न सामाजिक सङ्घसंस्थाले भुल्केको यो कठिन अवस्थामा सहयोग गरेका छन् । राहत पनि दिइएको छ तर सबैमा पहुुँच भने पुुग्न सकेन । स्थानीयवासी यदु ढकालले कतिलाई थाकमाथि थाक भयो तर कतिले एक पटक पनि मुस्किलले पाए भन्नुभयो ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी भने सङ्क्रमित क्षेत्र भुल्केमा ३१५ परिवार घरबाहिर निस्कने अवस्था छैन भन्नुहुन्छ । उहाँले दैनिक उपभोग्य वस्तुको आधारभूत सेवा घरघरमै उपलब्ध गराएका छौँ भनेर दाबी गर्नुुभयो । नगरपालिकाका अनुसार त्रियुगा भुल्के क्षेत्रमा २६४ परिवारको मिश्रित बसोबास छ भने ५१ परिवार मुस्लिम समुदायको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले अहिलेसम्म उदयपुर जिल्लामा एक हजार ५४१ जनाको पीसीआर र ६७५ जनाको आरडीटी परीक्षण गरिएको छ । त्यसमध्ये भुल्के क्षेत्रका मात्रै ५८२ जनाको दोस्रोपटक पीसीआर परीक्षण गर्दा ३२ जनामा मात्र कोरोना पोजेटिभ पाइएको हो ।

उहाँका अनुसार भुल्केमा कोरोना पोजेटिभ भएकामध्ये हालसम्म २४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकीको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ र सबैको स्वास्थ्य अवस्था सामान्य छ । अब केही दिनभित्रै भुल्के क्षेत्रका मात्रै करिब पाँच सय जनाको स्वाब परीक्षण गरिनेछ ।  

-गोरखापत्र