बुधबार परेको पानीले लाजिम्पाटस्थित निल सरस्वतीस्थान नजिक रहेको टुकुचा खोलाले मोटरसाइकल बगाएको छ ।

खोलामा बढेको बहाबले काठमाडौं महानगरपालिका धापासीका २१ वर्षीय सुरज अर्याल सवार मोटरसाइकल बगाएको हो । 

बागमती प्रदेश–०२–०१३ प २५८८ नम्बरको मोटरसाइकलसहित चालकलाई पनि बगाउँदा तत्काल चालकको उद्धार भएको छ । मोटरसाइकल फेला नपरेकाले खोजी कार्य जारी रहेको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।