थाइल्यान्डको बैंककमा हुने १८औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

फागुन २८ देखि चैत ६ गतेसम्म हुने प्रतियोगितामा नेपालका पुरुष ५७ केजीमा गुणराज रुचाल, ५४ केजीमा पूर्णजित राई, ७१ केजीमा नवराज पराजुली र ५१ केजीमा सञ्जय राईले भाग लिनुहुनेछ । महिला ४८ केजीमा डेनिका राईले प्रतिस्पर्धा गर्नुहुनेछ । 

नेपाली टोलीको प्रशिक्षकमा गणेशलाल कक्षपति तथा व्यवस्थापकमा निलम अधिकारी हुनुहुन्छ । गुणराज, पूर्णजित र नवराज प्रशिक्षणमा सहभागी हुन बैंकक गइसक्नुभएको छ । 

टोलीलाई सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङले वबदाइ गर्नुभयो । विश्व च्याम्पियनसिपको फरक संस्करणमा नेपालले हालसम्म एक स्वर्ण, एक रजत र सात कांस्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाइ सङ्घले जनाएको छ ।