दीपा शाहीले चार गोल गरेपछि नेपालले एएफसी यू–२० एसिया कप छनोटमा घरेलु टोली प्यालेस्टानमाथि सानदार जित निकालेको छ ।

फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबार राति भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ६–० गोलले हरायो । नेपालको जितमा दीपा शाहीेले चार र गरिमा राई दुई गोल गर्नुभयो ।

 

दीपाले २२औं, ६८औं, ७५ औं र ८५औं मिनेटमा गोल गर्नुभयो । गरिमाले ३०औं र ८१औं मिनेटमा गोल गर्दै नेपाललाई सजिलै जिताउनुभयो । छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

यस समूहमा नेपालसहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्यान्ड छ । नेपालले दोस्रो खेल सोमबार नर्दन मारियानासँग खेल्नेछ । छनोट खेलको शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।

दोस्रो चरणको छनोट खेल जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणबाट चार टोली उज्वेकिस्तानमा सन् २०२४ मा आयोजना हुने यू २० महिला एसियन कपमा छनोट हुनेछन् । एसिया कपमा १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।