मन्दिर जाने भए मन भरी मुस्कान लिएर जाउ 
भगवान ,भेट्न भक्तीभावको पहिचान लिएर आउ l


सबै चिज छ आफु संगै तिमि स्वयम् विधाता हौ 
हिजो रात पर्यो आजको यो बिहान लिएर आउ l


पत्रम, पुष्पम ,धुपस ,दिपम ,नैवेधको के कुरा 
पंचतत्व कै पंञ्चाम्रित यो निसान लिएर जाउ l


पूजा प्रार्थना, अर्चना ,आदि आत्मानुभाव आफ्नै 
गोलि हैन गुणीहरुको गुणगान लिएर जाउ l


अभाव उसको स्वभाव हैन भावनाको प्रतीक हो 
छाडी यतै तिर समस्याहरु समाधान लिएर जाउ।  
मेधा श्रेष्ठ 
कक्षा १० 
सदन कर्णाली( हरियो )
ट्रुङ्ग्राम इन्टरनेसनल एकेडमी 
बुनपा-७