बेइजिङ, वैशाख १६ गते । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या बढिरहेका बेला गएको २४ घण्टायता धेरै सङ्क्रमित भेटिएका जनाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५ हजार ६४६ जना सङ्क्रमित भेटिएका हुन् । पछिल्लो समयमा यहाँ चीनको साङ्घाइ सहरमा धेरै सङ्क्रमित देखिएका छन् । यस सहरमा मात्र गएको २४ घण्टायता पाँच हजार ४८७ जना सङ्क्रमित देखिएका बताइएको छ ।

चीनका विभिन्न सहर र राजधानी बेइजिङमा थप सङ्क्रमित देखिने क्रम जारी नै रहेको बताइएको छ । चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा सङ्क्रमणबाट बच्न सुरक्षाका मापदण्ड अपनाउने गरेको भए पनि सङ्क्रमित भने प्रत्येक दिन देखिएका छन् ।

पछिल्ला हप्तामा चीनको साङ्घाइ सहरमा सबैभन्दा धेरै सङ्क्रमित देखिन थालेका हुन् । साङ्घाइ सहरमा पछिल्लो समयमा सङ्क्रमित अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ । यहाँ हरेक दिन एक हजारभन्दा बढी सङ्क्रमित देखिन थालेका छन् र तीमध्ये अधिकांश चीनभित्रै सङ्क्रमणमा परेका हुन् ।