बाराको सुवर्ण गाउँपालिका वडा नम्बर–७ सनफुलवा टोलमा चट्याङ लागेर शुक्रबार एक युवकको मृत्यु भएको छ। चट्याङकै ठूलो ध्वनी तथा झट्काले एक नाबालिकासहित तीन जना घाइते भएका छन्। 

सनफुलवा गाउँ नजिकैको खेतमा काम गरिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर सुवर्ण गाउँपालिका वडा नम्बर–७ सनफुलवा टोलका २० वर्षीय धिरजप्रसाद यादवको घटनास्थलमै मृत्यु भएको हो। 

अरु तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो। घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ।