काठमाडौं, असार ७ गते । आफ्नै तालुकदार मन्त्रीसँग भएको कुराकानीको अडियो सार्वजनिक गर्ने अध्यक्षलाई सरकारले निलम्बन गर्ने निर्णय गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्री प्रेमबहादुर आलेले संस्थागत विषयमा गरिएको कुराकानीलाई सञ्चारकर्मीसम्म पुर्याएपछि नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बिन गरी जाँचबुझ अघि बढाइएको मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै मंगलबार विहान सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

यस अघि पटक पटक मन्त्रीकै निर्दैशनलाई वेवास्ता गर्दै अधिकारीले संस्थाको हितविपरीत काम गरेको गुनासो पछि सरकारले उनी माथि जाँचबुझ अघि बढाएको जनाएको छ ।