डोल्पा– नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रले एमाले, कांग्रेस र समाजवादीको गठबन्धनलाई पराजित गरेको छ । माओवादीका नारासिं रोकायले ७ सय ७० मत ल्याउनुभएको छ भने गठबन्धन तर्फका एमालेका उम्मेदवार हेमबहादुर महताराले ७ सय ४६ मत ल्याउनुभयो ।

उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहरा निर्वाचित हुनुभयो । बोहराले ७ सय ५९ मत ल्याउँदा एमालेकी चन्द्रावती थापाले ७ सय ४९ मत ल्याउनुभयो

रोकाय २०७४ सालमा पनि विजयी हुनुभएको थियो ।