आज देशभर विभिन्न तराई लगायतका स्थानहरुमा छठ अस्ताउँदो सूर्यको अर्घ दिई मनाइएको छ। 

सद्भाव अनि भ्रातृत्वको प्रतिक छठ पर्वमा हर्षोल्लासका साथ नदी, तालतलैया या पोखरीको किनारामा सिँगारेको तयार पारिएका घाटमा छठीमाताको पूजा आराधना गरी अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई दूधको अर्घ दिएर यो चाड मनाइन्छ।

यो पर्व चार दिनसम्म मनाइन्छ । छठको पहिलो दिनलाई अरबा अथवा नुहाई खायु, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ र चौथो दिनलाई बिहनीया अर्घ भनिन्छ । छठको पहिलो दिन छठ मनाइने नदी, ताल तलैया, पोखरीको किनार सरसफाइ गर्ने, केराका खम्बा जम्मा गरेर तिनलाई बाँसले उनेर एक प्रकारको पानीमा नडुब्ने नाउँ बनाइन्छ ।

कलैया, बारा गढिमाई मन्दिरमा अस्ताउँदो सूर्यलाई अर्घ दिई आरधना गरि छठ मनाइँदै गर्दाको तस्वीरहरुः