चितवनको निर्वाचन क्षेत्र नं १ राप्ती–८, खिर्कीस्थित ब्रम्हस्थानी विद्यालय मतदान केन्द्रमा विप्लव कार्यकर्ताको मतपेटिका जलाउने प्रयास विफल भएको छ ।

निर्वाचन बहिस्कारको घोषणा गरेको विप्लव समूहले पर्खाल नाघेर मतपत्र जलाउने प्रयास गरेका हुन् । केही अराजक समूहले अवरोध गर्न खोजेका थिए अहिले अवस्था सामान्य छ प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भन्नुभयो । 

"मतदान गर्नेलाई कुनै समस्या भएको छैन, केही मिनेट मात्रै रोकिएको थियो," उहाँले भन्नुभयो, "म मतदान केन्द्रमै छु अवस्था सामान्य छ ।"

मतदान केन्द्रमा करिब ५० जनाको सङ्ख्यामा आएको समूहले मतपेटिका जलाउन प्रयास गरेका थिए  । एकछिन मतदान रोकिएको थियो । अहिले मतदान पुनः सुरु भएको छ ।