त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ स्थायी घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कविन्द्र विश्वकर्मा र कालिकोट पलाता गाउँपालिका–७ घर भएका २५ वर्षीय जीवराज बम छन् । 

हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका हिमाल र कविन्द्रलाई  विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा भन्सार छली ल्याएको एक–एक थान सिक्री र एक–एक थान सुनको औंठी गरी भन्सार छली ल्याएको एक सय ग्राम सुनसहित बुधबार प्रहरीले पक्राउ हो । 

सोधपुछको क्रममा उक्त सुन जीवराजले भन्सार छली ल्याउन लगाएको खुल्न आएपछि प्रहरीले पक्राउ गरेको र थप कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।