नेपाल खेलकुद महासंघ बूढानीलकण्ठको आयोजनामा शनिबार ‘दशैं फेस्टिभल’ हुने भएको छ । राष्ट्रिय तथा अन्तरास्ट्रिय  खेलाडि खेलकुद महासंघ केन्द्रिय सदस्य ,बूढानीलकण्ठ ईन्चार्ज दिपक तामाङ्गले नजिकिएको बडा दशैंलाई लक्षित गर्दै २०७९ असोज ८ गते शनिबार कपनमा ‘दशैं विशेष कार्यक्रम तथा खेल डेमोस्ट्रेसन कार्यक्रम २०७९’ आयोजना गर्न लागेको  बताउनु भयो।

कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित त्रि ज्योति माविको प्राङ्गगणमा आयोजना हुनेछ । सो सांगीतिक कार्यक्रममा कपन क्षेत्रका लोक ब्याण्डहरुको प्रस्तुति र विभिन्न खेल बिदाको डेमोस्ट्रेसन रहने आयोजकले जनाएको छ। कार्यक्रम करिव बिहानको ११ बजेदेखि शुरु हुनेछ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वाथ्य हाम्रो अधिकार’ भन्ने नाराका साथ आयोजना हुन गईरहेको कार्यक्रममा नेकपा एमालेका नेता राजन भट्टराई प्रमुख अतिथि रहेका छन्। त्यस्तै बिदुर बिक्रम खड्का, जय राम थापा, श्रीकृष्ण श्रेष्ठ लगायत विभिन्न नेता, संघ-संस्था तथा समाजसेविहरु अथितिका रुपमा आमन्त्रित रहेको आएजकले जानकारी दिएका छन्।

बू.न.पा. वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराईले दशैंको अवसरमा आयोजना हुन गईरहेको 'दशैँ फेस्टिभल' सांगीतिक तथा खेल डेमोस्ट्रेसन कार्यक्रममा सहभागी भएर हौसला प्रदान गरिदिन सबैमा आग्रह गरेका छन्।

सो कार्यक्रममा लक्ष्य ब्यान्ड, ग्याल्बो, राजु एण्ड ब्याण्ड, एण्ड ब्रडर्स, सन्जय एण्ड फ्रेण्डस् र घान्टुक एण्ड ब्याण्ड तथा लोक दोहोरीमा मित्रत्व नेपाल, मदन कुमार थापा र शुशील अधिकारी लगायतको प्रस्तुति रहनेछ । सो अवसरमा खेलकुद सम्बन्धी विभिन्न कार्यक्रमहरु पनि हुने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न परिकारका खाने कुरा लगायतका स्टलहरु समेत राखिने छन्।