कोरोना भाइरस कोविड़ १९ ले बिश्व नै प्रताडित बनाई रहेको अवस्थामा नेपाल सरकारले लक डाउन घोषणा गरेपश्चात राजधानीमा रहेको काठमाडौँ क्षेत्र न ४मा  रहेका माननीयहरुको भूमिका निक्कै न्यून देखिएको छ । लकडाउन अवधि भर जनता माननीय खोज्दै थिए तर माननीयहरु भने सेल्फ क्वारनटाइनमा बसेका थिए । काठमाडौँ क्षेत्र न ४ मा कुल ६ निर्वाचित माननीय रहेका छन् जसमा ४ जना प्रदेस माननीय  र  २ जना प्रतिनिधि सभा माननीय छन् । कोरोणा त्रास पश्चात र विदेशबाट नेपाल फर्किएका नेपालीहरुमा कोरोना भईरस संक्रमण देखिएपछि नेपाल सरकारले अन्तिम अवस्थामा आएर लक् डाउनको घोषणा गरेको थियो । लक डाउनको बिषय नेपालीका लागि नौलो  बिषय भएको थियो । जन मानसमा अब के हुन्छ , कस्तो अवस्था आउन सक्छ त्यसको कल्पना गर्न  सकेको अवस्था  थिएन ।

अन्तत जनताले आफ्नो आशा भरोसा निर्वाचित  गराई पठाएका माननीय उपर राखे तर  माननीयहरुले  आफ्नो सामाजिक संजाल बाट घर घर मै बसिदिन  हुन आग्रह  गर्दै  आफै स्वयम पनि घर मै बसे । केहिले आफ्ना कार्यकर्ता परिचालन गरे भने  केहिले समस्या परे  मलाई सम्झनुस भनेर जानकारी गराए । जनता आफ्ना नेताहरुले केहि मार्ग दर्शाउला भनेर बसेका बेला सामाजिक संजालमा लेखेका स्ट्याटस पढेर ठिकै छ भन्दै बसे। केहि माननीय नेताले आफ्ना नजिकै रहेका वडा निगरानी गरेको टोपले , केहिले आफ्नै टोल वरी परि स्यानिटाइजर र मास्क वितरण गरे भने केहिले भाषण मात्रै दिए ।

लकडाउनको पहिलो चरणमा धेरैलाइ नियन्त्रणमा लिएको समाचार पढियो ।जन आन्दोलन , आन्दोलन , कर्फ्यु देखेका हाम्रा सोजा साझा जनताले , किन लक् डाउन तोडेको भन्दा  धेरैको  उत्तर आयो लक डाउन भनेको के रहेछ त्यहि बुझ्न बाहिर निस्केको समेत भने । आम जनताका लागी लक डाउन नौलो कुरा बुझ्न त पर्यो , लक डाउन नतोडे थाहा  नै नहुने रहेछ ।

जेष्ठ नागरिकहरुले त लक डाउनको बिषयलाइ लिएरमजाकै बनाए केहि समय , २०३६ साल , २०४६ मा चलेको आन्दोलनमा केहि भएन यो के रहेछ लकडाउन कर्फ्यु पनि हैन रहेछ भन्दै बाहिर निस्केका थिए । ओहो गाँठे यो त टिवि रोग र हैजा भन्दा कडा रोग ( कोरोना) भन्ने रहेछ भन्ने थाहा भएपछी घर भित्र नै लकडाउन गरेर बसे र भने अब नेता र माननीयलाई  गुहार्ने बेला आयो है , तिनलाई भन्ने हो हाम्रो समस्याको समाधान गरिदे भनेर ।

अब हराएका हाम्रा माननीय,  नेता खोज्न कहाँ जानु, भोट माग्ने बेला नमस्कार गरेर दैलामा नै आउँथ्ये  ,बिचरा कोरोनाको डरले घर मै होलान तिनी पनि । रासन लिन जाउ किन लक डाउन उल्लघन गर्या भनेर सुरक्षाकर्मीको लाठि खाला भन्ने पिर , नजाउ भोकै बस्नु पर्ने पिर , मेडिकल जाउँ त्यो पनि बन्द, स्वास्थ्य चौक्की जाउँ त्यता पनि  भिड ,अस्पताल जाउँ अहिले अस्पताल नआउनुस सुचना पढ्नु भएन भन्छन । घरमै बसौं बस्दा बस्दा ंअर्को रोग ले च्याप्ला भन्ने पिर , बाहिर निस्किउ कोरोना सरला भन्ने पिर ।यो थियो आम नागरिकको भनाई र बुझाई ।


हामी कुनै पार्टीका कार्यकर्ता ,  न गुट , न नेताका पछि लाग्ने जत्था होइनौ हामि ज .न. ता पब्लिक हौँ  । हामी  भेंडा  हैनौ , सामाजिक दुरी र कोरोना संक्रमणको त्रास र तयारि हामि स्वयंले पनि गरेका छौं । हाम्रो दैनिकी ,सुरक्षा रआवश्यक बिषय संग मतलब गर्छौं  न कि नेताको भाषण ।तर पनि  हामिले हाम्रा नेता  ,माननीयहरु संग केहि अपेक्षा गरेका थियौ तर त्यो अपेक्षा राख्नु बेकार रहेको स्थानिय बताउछन । सरकारी प्लेटको सवारी प्रयोग गर्ने अनि यस्तो विषम परिस्थितिमा मैले  प्रयोग गरेको सवारी जनताको सहयोगका लागि दिन्छु समेत नभन्ने हाम्रा माननीय छन् । जनतालाई घर भित्रै बसेर सहयोग गरिदिनुस भने , हामीले हस भनेर मान्यौं तर जनताका लागी व्यवस्थापन  के गर्नु भो भन्दा शुन्य उत्तर दिने माननीय उत्पादन गरेछौं । दैनिक उपभोग्य बस्तु लगायत अन्य समस्याहरुको समाधान हामी गर्छौँ भने आस्वासन दिन पनि सकेन क्षेत्र न ४ केहि माननीयहरुले। 

यस विषम परिस्थितिमा नेताको भर पर्न छाडेर स्थानिय तहमा भर पर्यौं तर  स्थानीय सरकार आफ्नै समस्या रहेको पाएपछि घर  बाहिर निस्कन बाध्य भयौं । स्थानीय सरकारले झन् खाद्य बस्तु देखि लिएर अन्य आवश्यक  सामाग्रीको उचित व्यवस्थापन नै गर्न सकेनन , केहि नगरेता पनि लक्डाउनको समयमा बजार अनुमगन गरेर जनता संग दोब्बर भाउ असुल्ने  व्यापारीहरुलाइ सबक सिकाइदेको मात्र भएपनि हामीलाई धेरै राहत मिल्ने थियो ।   स्थानिय सरकार आँफै विपद व्यापस्थापन कोषमा पैसा माग्दै व्यस्त छ ।कसरी सम्बोधन  गर्छन स्थानिय वासीलाई  त्यो स्थानीय सरकार नै जानोस  ।  स्थानिय भन्छन खाद्यान्न बस्तु सहज गरिदियोस  पैसा तिरेर हामि आँफै किनेर खाइ हाल्छौं नि राहतको जरुरि छैन हामीलाई, त्यहि दैनिकी ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने  जनतालाइ पारदर्शी  ढंगले बितरण गरे हुन्छ ।

आफ्नो दैनिकी संग मतलब राख्ने जनता कसरि हुन्छ , ग्यास, चामल र अन्य खाद्यान्न जोर जाम गर्न  तर्फ नै लागे , माननीयले के बोले, स्थानिय सरकार प्रमुखले के बोले त्यो साधारण जनताका चासोको बिषयमा परेनन् न मतलब नै राखे । मानियहरुको बोलिले घरमा चुल्हो बल्ने अवस्था नरहे पछि वहाँहरु कुरा सुन्नु बेकार नै हो । लकडाउनको समय सामाजिक संजालमा नेता, सरकार , माननीयलाइ गालि गर्दै बितेको  छ भन्छन स्थानीय ।अब हराएका हाम्रा माननीय  नेता कहाँ  खोज्न जानु त्यो भन्दा  बरु बेलुका २ घण्टा जति बजार खुल्छ त्यही तरकारी,  खाने कुरा खोज्न जादै ठिक हुन्छ अचेल  ।

(यो लेख कोहि कसैलाई गालि -गलौच  वा दोषारोपण गर्ने  हेतुले नभई , लकडाउनक कारण जनतामा उब्जेका भनाइ, आक्रोश सहितको सुझावमा आधारित रहेको छ । तसर्थ कोइ कसैको कार्य संग मेल खान गए क्षमा प्रार्थी छौं । "घर मै बसौं ,सुरक्षित बसौं " धन्यवाद । )

-www.BSGNEWS.com