बुढानीलकण्ठ — बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई थप प्रभावकारी र सान्दर्भिक बनाउन सहकारी क्षेत्रका सरोकारवालाहरूसँग विशेष सुझाव संकलन कार्यक्रम आयोजना गर्ने भएको छ।
सहकारी शाखाको आयोजना तथा बुढानीलकण्ठ नगर सहकारी समन्वय समितिको समन्वयमा हुन लागेको यस कार्यक्रमले स्थानीय सहकारीहरूको समस्या पहिचान गर्ने र आगामी योजनामा तिनलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।
कार्यक्रमको विवरण:
-
मिति: २०८२ चैत्र २० गते, शुक्रबार
-
समय: बिहान ८:०० बजे
-
स्थान: बुढानीलकण्ठ नगरपालिकाको सभाहल
-
आयोजक: सहकारी शाखा, बुढानीलकण्ठ नगरपालिका
-
समन्वय: बुढानीलकण्ठ नगर सहकारी समन्वय समिति
सहभागिताका लागि अनुरोध
नगरपालिकाले सहकारी क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्ण सरोकारवाला निकाय, सहकारीका पदाधिकारी, सदस्यहरू तथा विज्ञ महानुभावहरूलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरेको छ। सहभागीहरूले दिने रचनात्मक र व्यावहारिक सुझावहरूले नगरको सहकारी अभियानलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्पादनमुखी बनाउनका लागि आफ्ना अमूल्य सुझावहरू सहित उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुन नगरपालिकाले सादर अनुरोध गरेको छ।

प्रतिकृयाहरु