सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १५ गते सुनसरीको रामधुनी नगरपालिका- ५ का ३० बर्षीय सागर राईले लागू औषधको कारोबार गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर, प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनी र पकलीबाट खटिएको प्रहरी टोलीले सागर राईलाई निजको दिदिको घरमा बसिरहेको अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट प्रहरीले १०५ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । 
त्यस्तै हिजै इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाले  मेचीनगर नगरपालिका- ६ स्थितबाट सोहि स्थान बस्ने ३६ बर्षीय शिव श्रेष्ठलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।