ककनी गाउँ पालिकाले आफ्नो पहिलो रक क्लाइम्बिङ्ग महोत्सव फाल्गुन ८ गतेका दिन सम्पन्न गरेको छ।ककनी गाउँ पालिका अवस्थित रुम्बा गुफामा रहेको चट्टानी क्षेत्रमा रहेको ग्रेनाईट चट्टानमा १० वटा रक क्लाइम्बिङ्ग सेक्सन राखिएको छ भने २२ वटा बाउल्डरिङ्ग सेक्सन रहेको महोत्सवका सदस्य सान्गेम रुम्बाले बताएका छन्।

प्रक्रित्तिक हिसाबले निक्कै नै मनमोहक रहेको उक्त स्थान काठमाडौँ देखि २२ किलोमिटर रहेको छ। उक्त महोत्सवमा गाउँ पालिका अध्यक्ष लगायत , व्यवसायिक रक क्लाइम्बर र केहि बाह्य पर्यटकले सहभागिता जनाएको थियो। 


महोत्सवमा प्रमुख अतिथि ककनी गाउँ पालिका अध्यक्ष सुमन लामा ,बिशेष अतिथि ककनी गाउँ पालिकाका प्रशासकिय प्रमुख खम्ब राज राई , वडा-१ का अध्यक्ष पदम बहादुर बलामी , वडा-४ का अध्यक्ष सोनाम लामा ,वडा-५ का अध्यक्ष बुद्ध तामाङ्ग , वडा-२ का कार्यावाहक अध्यक्ष सुब्बा तामाङ्ग , शिवपुरी नागार्जुन राष्ट्रीय निकुन्ज मध्यवर्ती क्षेत्र महासचिव निराजन तामांग , अतिथिहरुमा शिवपुरी नागार्जुन राष्ट्रीय निकुन्ज मध्यवर्ती क्षेत्र ककनीका अध्यक्ष बिरेन्द्र बहादुर लामा , व्यवसायिक रक क्लाइमबर निरज कार्की र ककनी बौद्ध धर्म न्युइनि समूहका अध्यक्ष सोम माया लामाको लगायतको उपस्थिति रहेको थियो।  


महोत्सवको औपचारिक कार्यक्रममा गाउँ पालिका अध्यक्षले महोत्सवमा सहयोग गरिदिनु हुने सम्पुर्णलाइ धन्यवाद व्यक्त गर्नु भएको थियो। 
आन्तरिक र बाह्य पर्यटकलाइ मध्यनजर गरी उक्त महोत्सवको आयोजना गरिएको ककनी गाउँ पालिका अध्यक्ष सुमन लामाले जानकारी दिनु भएको छ। बिगत बर्षमा पनि ककनी गाउँ पालिकामा रहेको फुंग फुंगे झरनामा क्यानोनिङ्गको कार्यक्रम गरिसकेको बताउंदै ककनी गाउँ पालिकाले साहसिक पर्यटन प्रवर्द्धनका लागि प्रथम रक क्लईम्बिंग महोत्सवले नया आयाम थपिएको बताउनु भएको छ। साथै गाउँ पालिकाले पर्यटन पूर्वाधार र प्रवर्द्धन लागि नया योजना बनाउंदै अगाडि बढ्ने जानकारी दिनु भएको छ।