बुढानिलकण्ठ नगरपालिका -८ मा अवस्थित पञ्चकुमारी मन्दिर पुनःनिर्माण एवम् नवनिर्माण श्रीधाम वृद्धाश्रम निर्माणका लागि १००८  श्रीमद भागवतगिता ज्ञान महायज्ञ र कलश यात्रा शुरुवात भएको छ। 

बुढानीलकण्ठ नगरपालिका  वडा नं ८ मा तल्लो भंगालमा अवस्थित पञ्चकुमारी मन्दिरको प्राङणमा मिति चैत्र  १८ गते देखी चैत्र २४ गते सम्म सञ्चालन हुने महायज्ञमा कथावाचिका श्री दक्षिणकाली नवदुर्गा माता सकुन्तला नेपाल तथा  पं. श्री सत्यनाराण नेपाल  मुखारविन्दुबाट सो महायज्ञको कथा वाचन भइरहेको छ। 

संगितमय कथावाचन तथा दिव्य झाँकी प्रदर्शन तथा समेत हुने यस महायज्ञमा सम्पूर्ण भक्तजनहरुमा पाल्नुहुनका लागि अनुरोध गरिएको छ। 

महायज्ञको समय बिहान ७ बजेदेखी राखिएको छ।