प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष एमाले केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बीच संक्रमणकालीन न्याय निरुपणसँग सम्बन्धित टिआरसी विधेयका विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ भएको छलफलमा टिआरसी विधेयकलाई कसरी सहमतिमै सदनमा अघि बढाउने विषयमा छलफल भएको हो ।

”प्रधानमन्त्रीले टिआरसी विधेयकमाथि छलफल गर्न शीर्ष नेताहरुलाई बोलाउनु हो । टिआरसी विधेयकलाई प्रमुख दलहरुको सहमति साथ सदनमा अघि बढाउने विषयमै आजको छलफल केन्द्रीत थियो” प्रधानमन्त्री प्रचण्डको सचिवालयले भन्यो ।

बैठकमा शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसि विधेयक अतिरिक्त भोलि बस्ने भनिएको संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक बिषयमा पनि छलफल भएको बताइएको छ । भोलि विहान संवैधानिक परिषदको बैठक बस्दै छ ।