आषाढ ०५ गते ।
बुढानीलकण्ठ नगर सभाको १४ औँ नगर अधिवेशनको तेस्रो बैठक असार ०५ गते बसेको छ ।
नगर कार्यपालिका भवनको सभाहलमा संचालन भएको अधिवेशनमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नगरसभाका सदस्यहरू, महाशाखा, शाखा प्रमुख, नगरपालिकाका कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेकाे थियाे ।
आजकाे तेस्रो बैठकमा नगरपालिकाका विषयगत समितिहरुद्वारा २०८०/८१ काे पूर्ण प्रतिवेदनहरु प्रस्तुत गरिएका थिए।
नगर उपप्रमुख अनिता लामाले आ.व. २०८०/८१ को आर्थिक सर्वेक्षणको संक्षिप्त विवरण र राजश्व परामर्श समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने विषयगत समितिका सदस्य मार्फत प्रतिवेदन पेश गर्न उहाँले आग्रह गर्नुभएको थियो ।
जसमा न्यायिक समितिको वार्षिक प्रतिवेदन समितिका सदस्य एवं वडा नं ३ का सदस्य विकास तामाङ लामाले प्रस्तुत गर्नुभयो । त्यस्तै अनुगमन तथा मुल्याङ्कन समितिको प्रतिवेदन समिति सदस्य तथा वडा नं १ का सदस्य नविन श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
साथै सुशासन समितिका संयोजक शम्भु प्रसाद भट्टराई, विधायन समितिका संयोजक गोमा मङ्ग्रान्ती, लेखा समितिका संयोजक राजकाजी श्रेष्ठ, पूर्वाधार विकास समितिका संयोजक सुरेन्द्र लामा, वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक रामकुमार रोक्का, आर्थिक विकास समिति संयोजक रिना श्रेष्ठ र सामाजिक विकास समितिका संयोजक शान्ता ढकाल पुडासैनी गरी जम्मा ८ वटा समितिद्वारा वार्षिक प्रतिवेदन सहित आवश्यक समस्या तथा सुझावहरु समेत प्रस्तुत गरिएक हो ।
चौधौँ अधिवेशनको चौथो बैठक असार १० गते बस्ने गरी बैठक स्थगन भएको नगर प्रमुखले जानकारी दिनुभएको छ ।
प्रतिकृयाहरु