बूढानीलकण्ठ नगरपालिकाको उत्तरी भेगका नेवार समयदायहरुले नयाँ वर्ष ‘न्हू दँ नेपाल संवत् ११४२’ मनाएका छन्। 

बू.न.पाको उत्तरी भेगका नेवार समुदायहरु जसमा भूजसी मंका पुचः (बढानीलकण्ठ), अजिमा ल्यायाम्हः पुचः (चपली), मु स्वाँः मंका पुचः (वासिकु) र तक स्वाँ पुचः (हात्तिगौँडा) द्वारा पालो अनुसार मनाइने यस न्हू दँ ११४२ मोटर साइकल र्यालीको आयोजना तथा सांस्कृतिक कार्यक्रम गरि मनाइएको छ। मोटरसाइकल र्याली बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर देखि चुनिखेल गाम्चासम्म पुगि चपलीमा वडा नं ३ मा रहेको ध्रुवतारा स्कूलको प्राङ्गणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा बू.न.पाका प्रमुख उद्धव प्रसाद खरेल, नगर कमिटी अध्यक्ष प्रदिप डंगोल, विभिन्न वडाका वडा सदस्य लगायत सांस्कृतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरु, मंका पुचः का अध्यक्ष तथा अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।