भद्रकाली इङलिस मिडियम स्कुलको आयोजनामा दोस्रो भद्रकाली कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । 

विद्यार्थीहरुको खेलकुद विकास तथा अन्तर विद्यालय बिचको सम्बन्धलाई कायम राख्दै अघि बढाउने उद्धेश्यका साथ गत माघ २७ गतेदेखि प्रतियोगिता सञ्चालन भइरहेको हो।  

हिजो भएको बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक स्कुलले ३ वटा समुहमा विजय प्राप्त गरेको छ । सिनियर ब्वाइज तर्फबाट हिमालय एकेडेमीलाई ३३-२२ स्कोरले पराजित गरेको छ । त्यसैगरी छात्रा तर्फ २२-१७ अङ्कले ग्रीन्ल्याण्ड स्कुललाई पराजित गर्दै भ्याली पब्लिक क्वाटर फाइनलमा प्रवेश गरेको छ।

जुनियर ब्वाइज तर्फ भ्याली पब्लिकले किङ्डम स्कुललाई पराजित गरि क्वाटर फाइनलको यात्रा तय गरेको छ । त्यस्तै आजका अन्य खेलहरुमा नेपाल मोडेल, नेशनल युनाइटेड तथा आयोजक भद्रकाली स्कुलले पनि जित हासिल गरेका छन् ।

भद्रकाली इङलिस मिडियम स्कुलले २०४८ सालदेखि निरन्तर रुपमा शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको छ ।