मोरङ, २०७८ पौष ३० गते ।

मोरङको लेटाङ नगरपालिका ९ बशन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाऊपालिका ५ का ६० बर्षीय ईन्द्र बहादुर राई रहेका छन् ।

आज बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अबस्थामा फेला पारेको हो । उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक-३  नाल, बारुद-२ डब्बा, गोली -१८ थान, छर्रा-५ पोका, खुकुरी-१ थान, गेटिस (गुलेली)-१ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भईरहेको छ ।