बूढानीलकण्ठ नगरपालिका वडा नं ६ मा एक घरमा ग्यासको सिलिन्डर लिक हुँदा आगलागी भएको छ। वडा नं ६ को शेरा वस्तीमा रहेको सो घरको भान्छा कोठामा रहेको ग्यासको सिलिन्डर लिकेज हुँदा आगलागी भई सामाग्रीहरुमा क्षति पुगेको वडाका अध्यक्षले नविन के.सीले जानकारी दिनुभएको छ। 

आगलागीको खबर प्राप्त भएलगत्तै बूढानीलकण्ठ नगरपालिकाका नगर प्रहरी, महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका टोली र स्थानियहरुको सहयोगमा आगो नियन्त्रण गरिएको छ।

दुई बालबालिका र आमाबुबा सहित चारजनाको परिवार सुरक्षित रहेको जनाइएको छ। तथापी लत्ताकपडा, खाट, ओछ्यान, सिरक, भाडाहरु, कोठाको ढोका, झ्याल, भान्छाको खाद्यान्न वस्तु, मोबाइल ३ थान, नगद रु.४ हजार सहित आधा तोला सुन आगलागीमा परि नष्ट भएको जनाइएको छ।