बालयकालमा जात बारे ज्ञान थियन तर महिना महिनामा लुगा सिउन आँउने, खेतबारीमा काम गर्ने आउने कुटो कोदालो ,हसीयाँ लगायतको फलाम जन्य बस्तु लियर आउँने, चाडपर्वमा बाजा बजाउन आउने मानिसहरू घरमा आउँदा आँगनमा छुट्टै बस्थे, आफुले खाएको भाँडा आफै माजथे, भाँडा सुके पछी जिबवा जिमवा, बुवा मुमाले फेरी पखालेर सुनपानी हाली बकसिन्थ्यो त्यती मात्र कहाँ  होर चाड-बाडमा खाद्यान्न दिने दशैँमा दशै भाग सहीत खसी बोकाको पुच्छर दिने चलन पनी थियो हामी त ठकुरी जाती राज खलक कहलीएर होकी जसलाई आज कानुनले दलीत भन्छ उहाँहरु सँग बाटोमा जम्काभेट हुँदा बाटो नकाटी निहुरियर अर्को बाटो जानु हुन्थ्यो l यो मेरो बालापनको अनुभव हो तर पनी बालापनमा कहीले पनी घरका ठुला मान्छेहरूले यिनीहरु दलीत हुन यिनीहरुलाई हेपन चेपन पर्छ भनेर कसैले भनी बक्सेन सिकाई बक्सेन। जब उमेरले ठुलो हुदै गइयो थुप्रै दलीत गैर दलीत साथीहरु बने कहीले कसै माथी भेदभाव गरीएन। जान अन्जानमा भएको भएपनी कसैले गुनासो गरेनन्। म जन्मदेखि होईन मैले थाहा पाए सम्म मेरो पुस्ता बूढानीलकण्ठ बसेको ५,६ पुस्ता भई सक्यो घर नजिकै तल्लो चिसीनी, माथलो चिसीनी र देउला टोलमा दलीत दाजु भाइहरूको ठुलो वस्ती छ मैले १,२ वटा बाहेक जातको बिषयलाई लिएर टोल छिमेकमा झै झगडा भएको आज सम्म देखेको छैन। समाज बदलने अनी देश बिकास गर्ने नाममा जब राजनीती तर्फ झुकाब राखीयो त्यसबेला बिस्तारै थाहा हुन थाल्यो जात केहो भनेर । अग्रजहरूले कार्यक्रम सुरु गर्नु भन्दा अगाडी जात भनेको दुइटा मात्र हुन्छ एउटा आइमाई र अर्को लोग्ने मान्छे भनेर अन्तराष्ट्रिय गित गाउन अभ्यस्त गराउनु भयो म त्यसैमा रमाए, राजनीति सँग भोट जोडीएर होला नेताहरु दलीत दाजुभाइहरूको घरमा आउने जाने गर्नु हुन्थ्यो म पनी पछी पछी लागेर जान्थे त्यही क्रममा आफु सँगको दौतरी साथी भए, ठुलालाई बा,आमा,दिदी दाई,भौजु र आफु भन्दा सानलाई भाई बैनी भनेर सम्बोधन गरीयो त्यसकारण उनीहरु माथी दलीत भएको कारण हेएको दृष्टि कहीले हेरीयन। सबैत होईन केही दलीत साथीहरु पाटीको कार्यक्रम पश्चात जहिले पनी भान्छा समालन अगी सरेको देख्दा अनौठो चाही पक्कै लाग्थ्यो । बालापनको मात्र होईन युवा अबस्था पार गर्दै गरेको मेरो जीवनमा दलीतसँग जोडीएका केही अनुभवहरू पनी छन् । नजीककै देउला वस्तीमा ११ हजारको भोल्टेजको तार घर माथी थियो । तारको कारण ज्यानै जानेगरी थुप्रो घटनापनी भएको थियो त्यस्ताका स्थानीय स्तरमा म आफै पनी पार्टीको जिम्मेवार व्यक्ति भएको कारणले होला वस्तीको ज्यानलीने तार हटाउन दाजुभाइहरूले आग्रह गर्नु भयो। उहाँहरूको आग्रह सँग हाम्रो राजनीती पनी जोडीएको थियो त्यसकारण पूर्व उप प्रधानमन्त्री एँबम क्षेत्रकै प्रतीनिधी महासचिव कमरेड ईश्वर पोखरेलको विशेष पहलमा हामी तार हटाउन सफल भयौ। उहाँहरु पनी खुसी हुनु भयो हामी पनी खुसी भयौ खुसीकै माहोलमा उहाँहरूले पार्टी र कमरेड ईश्वर पोखरेललाई धन्यवाद दिन उहाँहरुकै टोलमा कार्यक्रम राख्ने इच्छा व्यक्त गर्नु भयो हामीले अनुमति दियौ । कार्यक्रम घरको छतमा हुँनेभयो मैले कार्यक्रम सञ्चालन गर्नथाले ,कार्यक्रम सकिनै लाग्दा एकजना दलीत साथीले कार्यक्रम सहभागी सबैलाई खाना बनाएकोले खान खाएर जान अनुरोध गर्न भन्नु भयो मैले सहज ढँगले सुचना गरे तर त्यसपछि अबस्था अली असहज भयो कती साथीहरू बिस्तारै कार्यक्रम स्थलबाट हराउन थाल्नु भयो अन्तमा हामी केही जिम्मेवार कमरेडहरु मात्र बाँकी रहेयौ र उहाँहरुको निम्तोमा रमाएउ। नेपाली टोल र मिजार टोल सँगै रहेको बसाह महादेवको मन्दिरमा गरीने पुजा आजामा दलीत दाजुभाइहरूको सहभागीता र चासोको बिषयलाई लिएर बिबाद भयो बिवाद पुलिसमा समेत पुग्यो तर पनी म लगायत पार्टीको साथीहरूले दलीत दाजुभाइहरूलाई अन्याय नहोस भनेर साथ र समर्थन दिएउ परिणाम आज सम्म सबैले देखे भोगेकै छ यित राजनीती सँग जोडीएका केही अनुभवहरु भए ।राजनीती बाहेक पेसा सँग जोडिएका पनी केही अनुभबहरुको कुरा गरौ मेरो एकजना बागलुङको सेवा ग्राही मेनपावर सम्बन्धी काम गर्नु हुन्थ्यो उहाँको एकजना बाहुनको छोरी सँग सम्बन्ध जोडीएको रहेछ। सम्बन्ध अगाडी बढाउदा साथी सँग आफु दलीत भएको कुरा ढाँटनु भएछ समय बित्दै गय पछी बिबाह गर्ने क्रममा असहज नहोस भनी बागलुङ गयर आफनो नागरीतामा दलीत थर हटाई गौतम लेखेर लेराउनु भएछ त्यसपछि बिवाह भयो बिबाहको केही महीनामै उहाँ दलीत भएको पोल खुल्यो अनी बैवाहीक सम्बन्धमा थेगनै नसक्ने दरार आयो त्यसबेला सम्म उनीहरुबाट बच्चा भईसकेकोले नचाहदा नचाहदै पनी उनीहरुकै बैवाहीक जिवन अगाडी बढयो। पछी त्यही साथीको नागरीतामा गौतम लेखीएकै कारण दलीत आरक्षणबाट हात धुन परेपछी आरक्षणकै लागी नागरीतामा पुन दलीत जनाउने थर लेखाउनु भयो। यो घटनालाई मिहीन रुपले हेरिरहेको अबस्थामा अर्को दलीत सेवा ग्राही सँग पनी भेट भयो उहाँ पनी मेनपावर व्यवसायी नै हुनु हुन्थ्यो उहाँले कम्पनी दरता लगायतको कार्य गर्न अफिसमा आबस्यक कागजात छोडेर जानु भयो। पछी मैले कागज हेर्दा उहाँको नागरीतामै नाम " डल्ले कामी" रहेछ मलाई असहज लाग्यो उहाँलाई कसरी सम्बोधन गर्ने नाम मात्र उच्चारण गर्दा पनी असहज थर उच्चारण गर्दा पनी असहज उच्चारण गर्यो गलत बुझियो भने झमेलामा फसीने असहजताको बाबजुदनै मैले उहाँलाई आफनो कुरा राखे तर उहाँलेत मलाई पाठ सिकाउदै भन्नु भयो सर मेरो नाम र थर सँग तपाईले असहज मान्नु पर्दैन किनकी म आफैले आज सम्म कहीले असहज मानेको छैन तपाईले मलाई डल्ले कामीनै भनेर सम्बोधन गरनोस किनकी डल्ले मेरो नाम हो जुन बा आमाले माया गरे राखी दिनु भयको हो जसलाई म माया गर्छु कामि मेरो थर हो जुन मेरो पुर्खाबाट आएको हो म त्यसमा गर्व गर्छु । मलाई कामी भन्दा म किन रिसाउने किन आफुलाई अपहेलित महसुस गर्ने जबकी मेरो थरनै कामी हो त्यसकारण सर

 

तपाईले मात्र होईन जस्ले पनी मलाई नाम वा थरबाट बोलाएमा कुनै फरक पर्दैन भनी सहजीकरण गरी दिए। एक जना स्पेनमा राज हुने आफन्तले गिफट दिन खुकुरी किनी दिन भनी बक्स्यो म खुकुरी किन्न एकजना दाइलाई लिएर ठमेल गए। पसलमा निकै राम्रा खुकुरीहरु थिए तर हामीलाई महङ्गो लाग्यो हामी खुकुरी हेर्दै एक आपसमा कुरा गर्ने क्रममा सामान्य तर अनायास रुपमै मैले खुकुरी महङ्गो रहेछ बरु त्यो भन्दा घर माधीको कामीलाई बनाउन दिन पर्यो भने तर पसलको साथीले हाम्रो कुरा सुनिरहेका रहेछन उन्ले तत्काल प्रश्न गरे होर सर खुकुरी कामीले बनाउछर हामीले उहाँको कुरा बुझेउ आपसी कुराकानी गर्ने क्रममा बोलेको मात्र तपाईंको मन दुखाउन भनेको होइन यदी मन दुखेको भए सरी भनेउ । त्यसपछि फेरी हामी आफ्नै धुनमा खुकुरी हेर्न थालेउ दशैँको बेला भएर होला म सँग जाने दाइले कुरा कानीकै क्रममा किरण जी मलाई पनी दशैँमा खुकुरी चाहेको छ तपाईँको घर माथिको कामीलाई बनाउन लाउनुस है भन्नु भयो मैले हस भने पसलको साथीले तुरुन्तै अबजेकसन गरी फेरी तपाईँहरूले कामी भन्नु भयो, हेपनु भयो पढेलेखेको जस्तो देखिनुहुन्छ कामी भन्न हुँदैन भन्ने थाहा छैन भनी रिसाउनु भयो हामी दुवैजना अवाक भएउ कतै अन्जानमा झमेलामा फस्नेछ होईन भन्ने लाग्यो तै पनी हामी समाल्यौ र उहाँलाई भनेउ साहुजी खुकुरी उसैले बनाँउछत कसले बनाउछ भन्नु जसले जे काम गर्छ त्यही नै भन्ने हो नी होईन र तपाईं पसलमा काम गर्नुहुन्छ तपाईंलाई साहुजी भनेउ हामी वकालत गर्छौ हामीलाई वकिल भन्छन् यसमा के नराम्रो भयो हरेक कुरामा जातलाई जोड्नु राम्रो हुँदैन भनी हामी आफ्नो बाटो लागेउ। मेरो मनमा खुल्दुली चली नै रह्यो कोही छाती पिटेर कामी भन्नु भन्छन गर्व गर्छन कोही कोही हिन भावनाले आफ्नो जात ढाँट्छ कोही काम सँग जोडेर कामी भन्दा बुरुक्क उफरनछन आखिर कतै राज्यको कानुनको कारणले यस्तो भएको होईन भनेर जिज्ञासा उठ्थ्यो। सन्सारमा सबै भन्दा पहीलो इन्जिनियर विश्वकर्माको सन्तान आज किन आफ्नो थर देखी दश कोश भाग्नु परेको छ यसको दोषी हिजोको शासन सत्ता, सामाजिक जिवन मात्र होईन स्वयं दलीत दाजु भाइ भित्र पनी कमजोरी थियोकी ? बहस गर्न जरुरी छ किन भने हिजो झगडाको बिषय बस्तु नभएको थर जात आज झगडाको विषय वस्तु भएको छ। जातीय भेदभाव विरुद्ध हिजो पनी ऐन कानुन थियो आज पनी छ खोही त समस्या समाधान भयको ? कानुनले मात्र समस्या समाधान हुँने होईन रहेछ भनी बुझ्नु पर्ने की नपर्ने ? थर जात भनेको ऐले तत्काल चलेको होईन र नेपालमा मात्र चलेको होईन हजारौ हजार वर्ष देखी बिस्वका प्राय सबै देशमा चली आएको छ । यो नेपालमा मात्र छु मनत्रर भनेको भरमा हट्ने होईन यसमा सबै पक्ष जिम्मेवार जबाफदेही रुपमा अगाडी बढ्नुपर्छ। एउटा हातले ताली बजाउदा बजछर बजदैननी। जातलाई देखाएर डलरवादीहरुले अधीकाँस दलीतहरुलाई कृसचीयन बनाई सके त्यती मात्र काँहा होर आफ्नो स्वार्थको लागी अन्य जाती माथी बिष भरदीसके हामी चै कानुन र आरक्षणले समस्या समाधान हुँने विश्वास राख्छौ। होईन छैन हुँदैन। समाधानको पहीलो खुड्किलो भनेको दलीत दाजुभाइहरूलाई आफु र आफ्नो पहीचान प्रती गर्व गर्न प्रेरीत गर्ने हो दोस्रो आफु भित्र छुवाछुत नगरन नगराउन चेतना दिने हो तेस्रो आरक्षणमा होईन आफ्नो क्षमतामा बाॅचन उतपेरीत गर्ने हो। अब यदी त्यसो नगर्ने हो भने कुनै जादुको छडी काम लाग्ने वाला छैन । राज्यले जतीसुकै कडा कानुन बनाओस,म जस्तो थुप्रै व्यक्तिमा आकास पातल जस्तै परिवर्तन आवस केही हुँने वाला छैन। आफ्नो पहिचानले थिचीएको,आफु भित्रको अन्धविश्वास बाट एक रती माथी उठ्न नसकेको, योग्यता क्षमतामा होईन आरक्षणमा भविष्य खोज्न बानी परेको दलीत जातीले अरुले चाहेको भरमा जातीय भेदभाव कदापी हट्न सक्दैन। दलीत जातीको विषय सधै हटकेकको रुप रहि रहन्छ। अपराध,उच्च, निच ,भेदभाव जात पातले होईन अपराधी मानवमा भर पर्छ । अपराध सिर्फ सिर्फ अपराध नै हुन्छ । एउटा जातीले गर्दा अपराध अर्कोले गर्दा पुन्य हुँन सक्दैन। बानी परी सक्यो दलीत दाजुभाइहरू माथी केही घटना घट्यो की जातसँग जोडी हाल्ने । रुकुम घटनालाई जबरजस्त जातीय रुप दिइयो आज पनी कयउ निर्दोषहरु जातीय बिषको कारण आजपनि कैदमा छन्। के रुकुममा दलितको मात्र मृत्यु भयको थियो ? दलितको साथ लागेर जाँदा ठकुरीको मृत्यु भयको थियन। यदी दलितलाई मात्र कुटपिट गर्थे भने किन ठकुरी मारीयो जबाफ कोही सँग छैन ? दलीत समुदायको व्यक्तिहरु बाट पनी दिन प्रती दिन अन्य जातीमाथी थुप्रै जघन्य अपराधको घटनाहरू भइरहेका छन् खोई कही कतै कसैले दलीत जातीले गरेको भनी जातलाई उछालेको पाँईदैन । हरेक घटनालाई जाती करण गर्दा जातीय बैमनुषयता त बढ्छ बढ्छ दलीत समुदाय माथिको सहानुभूति पनी हरायर जान्छ। रुकुम घटनाको झन्डै एक वर्ष पछी काठमाँडौ उपत्यकामा फेरी जातको बिषयलाई लिएर बिवाद भएको छ। रुपा सुनार जस्तो सिक्षीत,व्यवसायीक व्यक्ति त जातको दल दलमा फसीन भने अरु किन नफसुन । रुपा सुनारको हेलचकयाई र बचपनाले सरस्वती प्रधानले केही दिन हिरासतको जिन्दगी बिताउन परेको मात्र होईन जातीय द्वन्द्व फैलने खतरा निम्तियको छ। हरेक व्यक्तिले आफ्नो रगत पसीना बगाई आफनो जीवनकालमा सानो ठुलो घर बनाएको हुन्छ त्यसकारण त्यो घरमा पैलो हक अधिकार त्यही घर धनीको हुन्छ। घरमा कसलाई राख्ने नराखने त्यही घर धनीको खुसी हुन्छ। घर कोठा बहालमा लगाउदा थुप्रै समस्याहरू आई लाग्छन। आफनै घरमा आफैले राखेको मान्छेबाट समस्या नआवस भनी चनाखो हुँनु स्वभावकी छ । राज्यले पनी घरभाडामा राख्दा भाडामा वसनेको सम्पूर्ण बिबरण राख्न निर्देशन गरेको छ । कहीले काँही भाडामा बसनेको बिबरण सही नभयमा वा नबुझायमा कानुनी कारवाई पनी घर धनीले नै भोग्नुपर्छ त्यसकारण घर भाडामा राख्ने र बस्नेले सही सत्य बिवरण दिनु र राख्नु कानुन सँगत पनी जरुरी पनी छ। पङ्क्तिकार स्वयंले पनी घर भाडामा दिदा असहज महसुस गरेको छु। कहीले घर भाडामा लिने दीने मौखीक सहमति भयपछी

 

भाडामा बस्ने सँग नागरीता व परिचयपत्र माग्दा आफ्नो जात खुल्ने डरले भाडामा बसनै आउँदैनन् , कोही जात ढाटेर बस्छन पछी थाहा पाय पछी लाजले आफै कोठा छोडेर जान्छन् कहीले भाडामा बसने अन्य व्यक्तिहरूले सकभर दलितलाई भाडामा दियको मन पराउदैन तथापी दलीत व्यक्तीहरु लामो समय देखी बसी रहेका छन् आज सम्म कुनै वाद बिवाद भएको छैन तर सरस्वतीको केसलाई हेर्दा अलिकता तल माथी हुनसाथ समस्या आइहाल्ने रहेछ त्यसकारण सतर्क हुदै भाडामा दीनु बुद्धीमानी हुने रहेछ। बिचरा सरस्वतीले घरमा सल्लाह गर्छु भनेकै भरमा जातीए बिभेदको नाममा बन्दी जिवन बिताउनु परेको मात्र होईन जातीए द्वन्द्वमा जातीय बिभेद विरुद्ध चर्कोआवाज उठाउने अनी काठमाडौंबाट विषेस नेवारको प्रतिनिधित्व गर्ने मन्त्री कृष्ण गोपाल बिवादमा तानीए । के जातीय द्वन्द्व निम्त्याउदैमा समस्या समाधान हुने हो? हो भने मेरो भन्नु केही छैन हैन भने डलर खेतीले सबैको बिनास गर्ने छ त्यस पछी न रहन्छ बाँसुरी न बाँस। त्यसकारण सदीयौ देखी एक आपसमा मिलेर बसेको जातीलाई डलरको नाममा एक आपसमा लड्न भिड्नबाट जोगाउँ । सामाजिक सञ्जालमा तथानाम गालीको वर्षा सुरु भई सकेको छ यसले जातीय विद्वेष मात्र निम्त्याउँछ किनभने पङतिकारले नाबालक जे देखेको थियो जे भोगेको थियो त्यो आज एउटा इतिहास भइसक्यो त्यसबाट परिवर्तन भई सबै सँग घरमा होस अथबा सार्वजनिक ठाउँमा दलीत भएकै भरमा कसैलाई बिभेद गरीने छैन र गरेको छैन तर वर्गीय संघर्षलाई पूर्णविराम गरी यसै गरी जातको नाममा राजनीती गरी दुख हैरानी व्यहोर्नु परी रह्यो भने भावी पुस्ताले के सिक्छ ? जय देश।

 

तसर्थ यदी देशलाई जातीय द्वन्द्वबाट बचाउने हो भने जातलाई गाली गर्ने होईन बडामाहाराज धिराज पुथ्बीनारायण शाहले भने जस्तै सबै जातिलाई लाई ४ जात छतिस वर्णको फुलवारी भनौ, बनाउ अनी रमाउन त्यसैमा सबैको हित हुन्छ जय देश।

(लेखक अधिवक्ता का साथै समाज सेवी पनि हुनुहुन्छ, यस लेख लेखकको विचारमा आधारित छ।  )