सामाजिक सञ्जाल फेसबुकमा फेक अकाण्ट खोली ९० लाख रुपियाँ ठगी गर्ने ५० वर्षीया वन कुमारी गुरुङ पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार उनले फेक अकाण्टबाट पीडितसँग आकर्षक तलव र सुविधामा जापान पठाउने भनी चार जनालाई व्यक्तिगत कागजातहरु समेत पठाउन लगाइ, विभिन्न बैङ्क खातामा पटक–पटक गरी ९० लाख रुपियाँ रकम जम्मा गर्न लगाएका थिए ।
स्थायी घर लम्जुङको साविक गौडा गाविस वडा नं. ६ परिवर्तित दुधपोखरी गाउँपालिका वडा नं. ६ भइ हाल कास्की पोखरा महानगरपालिका वडा नं. १६ बस्ने गुरुङलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृयाहरु